प्रधानमन्त्री कार्की र राष्ट्रियसभा अध्यक्ष दाहालबीच भेट, केके भयाे कुराकानी ?

नेपालखोज २०८२ भदौ ३१ गते १४:२४

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएकाे छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीसँग लाई भेटेका हुन् ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

उनले राष्ट्रियसभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित सङ्घीय संसद् भवन तथा सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा भएको क्षतिबारे कार्कीलाई जानकारी गराए ।

प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातिर लैजान राष्ट्रियसभाको महत्वपूर्ण भूमिका हुने बताएकी छिन् । उनले वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएको राष्ट्रियसभा अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया