१६ बुँदे प्रस्तावसहित जनार्दनले मागे अध्यक्ष दाहालको राजीनामा

नेपालखोज २०८२ भदौ ३१ गते १६:५६

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको मूल नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले राजीना दिनुपर्ने बताएका छन् ।

जेनजी आन्दोलनपछि शर्माले मंगलबार १६ बुँदे विश्लेषण सार्वजनिक गर्दै मूल नेतृत्व अध्यक्ष दाहालकाे तत्काल राजीनामा मागेका हुन् ।

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने बताए ।

पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्न पनि माग गरेका छन् । उनले २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानबिन र जेन जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्ने उल्लेख गरेका छन् ।

नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्ने, कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्ने, वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणाली मार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रूपमा उठाउनुपर्नेलगायतका विषय उल्लेख छ।

प्रतिक्रिया