हितेन्द्रदेव शाक्यले दिए कुलमानलाई बधाई

नेपालखोज २०८२ भदौ ३१ गते १७:२५

काठमाडाैं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बधाई दिएका छन् ।

कार्यकारी निर्देशक शाक्यले सामाजिक सञ्जाल फेसबुमार्फत नवनियुक्त मन्त्री कुलमान घिसिङलाई ऊर्जा क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले मन्त्री घिसिङको नेतृत्वमा सम्पूर्ण ऊर्जा क्षेत्रको सफलता र समृद्ध नेपालको कामना पनि गरेका छन्।

प्रतिक्रिया