राष्ट्रियसभाको अधिवेशन अन्त्य
नेपालखोज
२०८२ असोज १ गते ११:३२

काठमाडौं । राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएकाे छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मंगलबार रातिदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गराेका हुन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति पौडेलले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरे ।
प्रतिनिधि सभा यस अघि नै विघटन भइसकेकाले र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेसँगै सरकारलाई अध्यायदेश ल्याउने बाटो खुलेको छ ।

सम्बन्धित

प्रतिक्रिया