‘जेनजीकाे आन्दोलन भ्रष्टाचारविरुद्ध सुशासन र समृद्धिको आक्रोश मात्रै हाेइन, परिवर्तनको माग पनि हाे’

काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले जेनजी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरुद्ध सुशासन र समृद्धिको आन्दोलन आक्रोश मात्रै नभएर बताएकी छन् ।
उपमेयर डंगोलले सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरुद्ध सुशासन र समृद्धिको आन्दोलन आक्रोश मात्रै नभएर परिवर्तनको माग पनि भएको बताइन् । उनले लेखेकी छन्, ‘जेन्जी पुस्ताले सुरु गरेको भ्रष्टाचार विरुद्ध सुशासन र समृद्धिको आन्दोलन केवल आक्रोश होइन, यो परिवर्तनको माग हो ।’
उनले अबको राजनीति ढाकछोप र बहानामा नभएर जबाफदेही र पादरर्शीतामा टेकेर चल्नुपर्ने बताइन् । ‘अबको राजनीति ढाकछोप र बहानामा होइन, जवाफदेही र पारदर्शितामा टेकेर अघि बढ्नुपर्छ। दलहरुले पनि विगतमा भएका आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्नुको अर्को विकल्प छैन’, उनले भनिन् ।
उनले आन्दोलनको क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडबारे निष्पक्ष सत्यतथ्य पत्ता लगाउन छानबिन गर्न आवश्यक रहेको पनि बताइन् ।

प्रतिक्रिया