तेस्रो नेगेटिभ सर्किटपछि आजको सेयर कारोबार बन्द
नेपालखोज
२०८२ असोज २ गते १२:२८

काठमाडाैं । सेयर बजारमा तेस्रो पटक नेगेटिभ सर्किट लागेपछि आजका लागि सेयर कारोबार बन्द भएको छ ।
नेप्से कारोबार शुरु भएको २ मिनेटमै नेप्सेमा सर्किट लागेको थियो । २० मिनेट कारोबार रोकिएर खुलेको बजार पुन: ११:२३ मिनेटमा दोस्रो नकारात्मक सर्किट लागेको हो ।
दोस्रो पटक लागेको नेगेटिभ सर्किटपछि कारोबार ४० मिनेटका लागि रोकिएको थियो । त्यसपछि पुनः खुलेको बजार ६ प्रतिशतले घटेर तेस्रो सर्किट लागेको हो ।
आज नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २ हजार ५११.९१ अंकमा झरेको छ । साथै, नेप्सेमा २१७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ९ कम्पनीको सेयर मूल्य बढेको छ ।
सम्बन्धित

प्रतिक्रिया