जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित ६ नेताले दिए राजीनामा
नेपालखोज
२०८२ असोज २ गते १२:४३

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित ६ नेताले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका थिए ।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा.शरतसिंह यादव, जनमतनिकट युवा सङ्घका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य एवं केन्द्रीय सदस्य विक्रमबहादुर बमले अध्यक्षसमक्ष लिखित राजीनामा बुझाएका हुन् ।

सम्बन्धित

प्रतिक्रिया