राष्ट्रपतिसमक्ष दुई आयोगका अध्यक्षले गरे वार्षिक प्रतिवेदन पेस
नेपालखोज
२०८२ असोज २ गते १३:३८

काठमाडौं । मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आ-आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका छन् ।
राष्ट्रपति कार्यालयमा बिहीबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम मधेसी आयोग र राष्ट्रिय महिला आयोगका अध्यक्षले आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन् ।
प्रतिवेदन बुझाउने क्रममा दुबै अध्यक्षहरूले आयोगका गतिविधि, चुनौती र आगामी योजनाबारे राष्ट्रपति समक्ष संक्षिप्त जानकारी दिएकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोईरालाले बताए ।
सम्बन्धित

प्रतिक्रिया