जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा थापा
नेपालखोज
२०८२ असोज ३ गते ५:५५

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई प्रदान गरिएको छ ।
बिहीबारको गृहमन्त्रीस्तरीय निर्णयबाट जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी थापालाई प्रदान गरिएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, ‘परिसर प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक थापालाई दिइएको छ । आधिकारिक रूपमा पत्र आउन बाँकी छ ।’
यसअघिका परिसर प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय नक्सालमा खटाइएको जनाइएको छ । -रासस
सम्बन्धित

प्रतिक्रिया