संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छ : मुख्यमन्त्री शाह
नेपालखोज
२०८२ असोज ३ गते १७:०७

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधानको भावना र मर्मलाई कागजमा सीमित नराखी सही कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
आज धनगढीमा आयोजित संविधान दिवस समारोहमा उनले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गरे ।
‘जेनजी’ आन्दोलनका क्रममा पुगेको धनजनको क्षतिले गहिरो चोट र पीडा महसुस भएको भन्दै मुख्यमन्त्रीले शाहले अब ‘जेनजी’को भावनाबमोजिम सुशासनयुक्त, भ्रष्टाचारमुक्त समाज निर्माण, शान्ति, स्थिरता र विकासलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकार प्रदर्शनका क्रममा शहादत दिएका व्यक्तिका परिवार र घाइतेसँगै उभिएको बताए ।
सम्बन्धित

प्रतिक्रिया