मंगलबार, पुष १, २०८२

बालाजुमा बस दुर्घटना : ३१ जना घाइते

नेपालखोज २०८२ असोज ५ गते ११:५३

काठमाडौँ । काठमाडौँको बालाजुस्थित बाइपास चोकमा बस दुर्घटना भएकाे छ ।

काठमाडौं महानगरपालिका-१६ स्थित बाइपास चोकमा आइतबार बिहान दुर्घटना भएकाे हाे । दुर्घटनामा घाइते भएका ३१ जनाकाे ग्रिनसिटी र सिल्भर लाइनमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

७ जनाको ग्रिनसिटी अस्पताल र २४ जनाको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ । लोलाङ हुँदै रत्नपार्क चल्ने बा.५ ख ५० नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।

बस चालक गोरखा आरुघाट घर भएका २७ वर्षीय अनिल कार्कीलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया