शक्तिपीठमा दर्शनार्थीकोे घुइँचो

नेपालखोज २०८२ असोज ६ गते ८:५९
दसैँको घटनस्थापनाका अवसरमा सोमबार बिहान काठमाडौँ महानगरपालिका-१५ शोभाभगवती मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्दै भक्तजन । तस्बिर :हरिराम भेटुवाल / रासस

काठमाडौं । नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन् ।

घरको पूजा कोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो ।

गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजाआराधना गरिन्छ ।

दसैँको घटनस्थापनाका अवसरमा सोमबार बिहान काठमाडौँ महानगरपालिका-१५ शोभाभगवती मन्दिरमा धूपबत्ती बाल्दै भक्तजन । तस्बिर :हरिराम भेटुवाल / रासस

हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्रीदेवी प्रसन्न भएर उनको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । -रासस

दसैँ पर्वको पहिलो दिन घटनस्थापनाका अवसरमा सोमबार बिहान काठमाडौँ महानगरपालिका १५ शोभाभगवतीमा पूजाअर्चना तथा दर्शन गर्दै भक्तजन । तस्बिर :हरिराम भेटुवाल / रासस

प्रतिक्रिया