टोपबहादुर रायमाझी फर्किए कारागार

नेपालखोज २०८२ असोज ७ गते १४:३०

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमा फिर्ता भएका छन् । सुन्धारास्थित कारागारबाट निस्केका रायमाझी दुई सातापछि कारागार फर्किएका हुन् ।

जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते केन्द्रीय कारागारबाट अन्य कैदीसँगै भागेका थिए । रायमाझी कारागारमा उपस्थित भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले जानकारी दिए ।

भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा रायमाझी अदालतको आदेशले थुनामा गएका हुन् ।

प्रतिक्रिया