मुग्लिन-नारायणघाट सडक फेरि अवरुद्ध​​​

नेपालखोज २०८२ असोज ७ गते १६:०८

काठमाडाैं । मुग्लिन-नारायणघाट सडक फेरि अवरुद्ध​ बनेको छ ।​

तुइन खोला पुल नजिकै निरन्तर रूपमा खसेको पहिरोका कारण दिउँसो १ बजेबाट सडक आवागमन दुईतर्फी बन्द भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

निरन्तर ढुंगा झरेका कारण पहिरो हटाउन समस्या भइरहेकाले दिउँसो ३:३० बजेसम्म पनि आवागमन पूर्णरूपमा अवरुद्ध रहेको छ ।​

यस्तै, मुग्लिन-नागढुंगा सडक खण्डअन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो हटाइएको छ । पहिरो हटेसँगै सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

प्रतिक्रिया