सर्पको टोकाइबाट एक जनाको मृत्यु
नेपालखोज
२०८२ असोज ८ गते ११:०७

बाजुरा । यहाँको त्रिवेणी नगरपालिका-२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ ।
स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीले जानकारी दिए ।
उनकाअनुसार दृष्टिविहीन बुढालाई मंगलबार राति गौरीगंगा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो ।
सम्बन्धित

प्रतिक्रिया