माओवादी स्थायी समितिको बैठक दिउँसो १ बजे बस्ने
नेपालखोज
२०८२ असोज ८ गते १२:१६

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्ने भएकाे छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भएकाे हाे ।
पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठकमा पदाधिकारीले प्रस्ताव गरेका विषय अगाडि बढ्नेछ र त्यसलाई अनुमोदनको प्रक्रियामा लगिनेछ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक असोज ९ गते काठमाडौंमा बस्दैछ । केन्द्रीय समिति बैठकको तयारीका लागि आज स्थायी समिति बैठक बस्न लागेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । महाधिवेशन गर्ने निर्णयसँगै अहिले नै पार्टीका सबै संगठन भंग गर्ने पार्टी कमिटीलाई महाधिवेशन आयोजक समिति बनाउने अध्यक्ष दाहालको प्रस्ताव छ ।
सम्बन्धित

प्रतिक्रिया