राष्ट्रपति पौडेलसँग भेट्न शीतल निवास पुगिन् प्रधानमन्त्री कार्की

नेपालखोज २०८२ असोज ८ गते १३:१०

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की शीतल निवास पुगेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेकी हुन् ।

राष्ट्रपति भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, सीआइबी प्रमुख एआईजी डा.मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् ।

यस्तै मंगलबार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन् ।

प्रतिक्रिया