अहिलै नै जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन : अध्यक्ष दाहाल
नेपालखोज
२०८२ असोज ९ गते १३:१८

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने बताएका छन् ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने बताएका हुन् ।
अध्यक्ष दाहालले अहिलेको केन्द्रीय समिति बिघटन गर्दै विशेष महाधिवेशनमा जानका लागि आफ्नो नेतृत्वमा आयोजक कमिटी बनाउने प्रस्ताव राखे ।
त्यस्तै, उनले तोकिएको समयमा नै निर्वाचन हुनुपर्ने र पार्टीको ध्यान निर्वाचनमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएकाे बैठकमा सहभागी माओवादी नेताहरुले जनाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया