जेनजीले दबाब नदिए फागुनमा चुनाव हुन सक्दैन : बाबुराम भट्टराई

काठमाडाैं । नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले जेनजीले दबाब नदिए फागुनमा चुनाव हुन नसक्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै अध्यक्ष भट्टराईले जेनजीको आन्दोलनको बलमा बनेको सरकारलाई निरन्तर दबाब दिनुपर्ने बताए । जेनजीहरू कमजोर भए देशभित्र र बाहिरका प्रतिगामी शक्तिले चलखेल गर्ने भट्टराईको भनाइ छ ।
नातिनातिना पुस्तालाई अवसर दिनुपर्ने भएकाले आफूले अध्यक्ष पद त्याग गरेको पनि बताए । उनले जेनजी आन्दोलनले अब केही दशक देशलाई नेतृत्व गर्न नयाँ पुस्ता ल्याएको बताए ।
‘हामीले नयाँ पुस्तालाई अब अवसर दिनुपर्छ । पुराना दलहरू कि रूपान्तरण भएर कि सच्चिनुपर्छ कि सच्चिनुपर्छ’, उनले भने, ‘त्यसैले अब वैकल्पिक शक्तिहरूले पनि आफ्नो समूह र पार्टीहरू छन्, सबैले नयाँ पुस्तालाई अघि सार्नुपर्छ भनेर मैले पद त्याग गरेको छ । म अभियान र आन्दोलनबाट अलग भएको होइन ।’

प्रतिक्रिया