भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न सरकारले आह्वान

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् ।
बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले जेनजी आन्दोलबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणको लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको जानकारी दिँदै कोषमा योगदान गर्न आह्वान गरेका हुन् ।
सरकारले आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गर्दै कोषको स्थापना गरेको हो ।
मन्त्री घिसिङले कोषमा निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैर आवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट योगदान गरी राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन आह्वान गरे । कोषमा जम्मा हुने रकम पारदर्शी रुपमा खर्च गरिने उनले बताए ।

प्रतिक्रिया