यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
नेपालखोज
२०८२ असोज १० गते १५:५४

काठमाडाैं । सरकारले विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमार्फत प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदिश खरेलले सुदूरपश्चिम नेपालमा वन तथा पर्वतीय परिस्थितिक प्रणाली पुनस्थापना परियोजना कार्यान्वयनका लागि प्राप्त हुने २२ लाख ४२ हजार अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले राज्यकोषको लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी पूर्वसचिव रामुप्रसाद डोटेलको संयोजकत्वमा गठित सुझाव कार्यदलको कार्यावधि ४५ दिन थप गर्ने निर्णय भएको छ ।


सम्बन्धित

प्रतिक्रिया