रिभल्वर र बिनेटसहित एक जना पक्राउ
नेपालखोज
२०८२ असोज १० गते २०:३३

काठमाडौं । प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँ बस्तीबाट रभल्वर र बिनेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय विजय तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पूर्णिमा चन्दले राससलाई जानकारी दिए ।
उनले भने, प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले निजको कोठाको तलासी गर्दा रिभल्वर एक थान र बिनेट एक थानसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका निज तामाङका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले बताए ।
सम्बन्धित








प्रतिक्रिया