पृतनापति समन्वयात्मक बैठक सम्पन्न

नेपालखोज २०८२ असोज १० गते २१:०३

काठमाडौं । नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक उपस्थिति र पृतनापतिको ‘भर्चुअल’ सहभागितामा पृतनापति समन्वयात्मक बैठक २०८२ सम्पन्न भएको छ ।

बिहीबार भएको उक्त बैठकमा विभागीय प्रमुखलगायत पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ । नेपाली सेनाको वार्षिक कार्यतालिकाअनुसार वर्षको दुईपटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ ।

यही असोजको पहिलो हप्ता जङ्गीअड्डामा समसामयिक परिस्थितिबारे पूर्वप्रधानसेनापतिसँग छलफल तथा अन्तक्र्रिया सञ्चालन भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया