जेनजी प्रदर्शनका क्रममा कामपामा ६३ लाखको क्षति

नेपालखोज २०८२ असोज ११ गते ९:४७

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौं महानगरपालिकाले ६३ लाखको क्षति भएको छ । कामपाका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार कामपा-३२ को वडा कार्यालय भवन अधिक क्षति भएको छभने वडा १३ मा आंशिक क्षति भएको छ ।

कामपा-३२ मा सबैभन्दा बढी क्षति पुगेकाले हालसम्म पनि कार्यालयबाट नागरिकलाई सेवा प्रदान गर्न नसकिएको उनले बताए । सहायक प्रवक्ता काफ्लेका अनुसार कामपा-६ को वडा कार्यालय, वडा नं ७ मा आंशिक रूपमा क्षति भएको छ । बग्गी खानामा रहेको नगरप्रहरी बिट पूर्ण रूपमा क्षति भएको बताउँदै उनले मीनभवनस्थित नगरप्रहरीको पूर्व क्षेत्रमा रहेको कार्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिए ।

कामपाले प्रदर्शनका क्रममा क्षति भएका र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्यालयको सरसफाइ, मर्मत र रङरोगनको काम गरिरहेको प्रवक्ता काफ्लेले बताए । उनका अनुसार प्रदर्शनका क्रममा टुटफुट भएका विद्युतीय सामग्रीहरू खरिद गर्ने काम पनि आवश्यकताअनुसार भइरहेको छ ।

कामपा-३२ वडा कार्यालयबाट कहिले नागरिकलाई सेवा प्रदान गर्न सकिन्छ भन्ने विषय अझै अन्यौल रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया