‘देशमा शान्ति, सुव्यवस्था कायम गरौँ’

नेपालखोज २०८२ असोज ११ गते १५:२४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

युवा सङ्घ नेपालले आज गुण्डुमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो त्यो छवि कायम गर्नुपर्ने बताए ।

भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनलगायत जेनजीका मागप्रति समर्थन जनाउँदै उनले भने, ‘भदौ २३ र २४ मा जेनजीका नाममा भएको आन्दोलनमा उनीहरुलाई पाखा लगाएर घुसपैठ भयो । नयाँ पुस्ताले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार आगो लगाएका होइनन् ।’

प्रतिक्रिया