लुकाएर राखेको ४० बोरा अनुदानको मल बरामद
नेपालखोज
२०८२ असोज १३ गते २१:००

सिरहा । जिल्ला प्रशासन कार्यालयले अनुदानको ४० बोरा मल (डिएपी) बरामद गरेको छ । विशेष सूचनाको आधारमा आज गोलबजार नगरपालिका–६ मा व्यवसायी जितन सहनीको घरबाट लुकाएर राखिएको अवस्थामा मल बरामद गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत सन्तोष रायले जानकारी दिए ।
उनले भने, ‘नेपाल सरकारद्वारा अनुदानित कृषि सामग्री कम्पनीको मल लुकाएको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ४० बोरा डिएपी र युरिया मल बरामद गरिएको हो ।’
बरामद मल इलाका प्रहरी कार्यालयको निगरानीमा गोदाममै सिल गरिएको र घरधनी हालसम्म फेला नपरेकाले थप विवरण खुल्न नसकेको रायले बताए । यसअघि असोज ८ गते सोही स्थानबाट १५४ बोरा अनुदानको मल बरामद गरिएको थियो । -रासस
सम्बन्धित

प्रतिक्रिया