बिहीबार, पुष १०, २०८२

गान्धीमाथि लेख्दा …

सुनील सापकोटा २०८२ असोज १५ गते १७:३५

भोलि नेपालीहरुको महान चाड बडा दशैं । अनि भोलिनै स्वर्गीय मोहनदास करमचन्द गान्धीको जन्म दिन पनि । गान्धी २ अक्टुवर सन् १८६९ मा भारतमा जन्मेका थिए र एउटा कट्टरवादी हिन्दु नाथुराम गोडसेद्वारा ३० जनवरी सन् १९४८ मा मारिएका थिए।गान्धीको जन्म दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रुपमा पनि मनाइन्छ । जसलाई प्रख्यात भारतका प्रख्यात साहित्यकार रविन्द्र नाथ ठाकुरले महात्माजी भनेर सम्बोधन गरेपछी उनको नाम महात्मा भनेर प्रख्यात भयो ।

गान्धीको बारेमा मैले तीन – चार पटक लेखहरु लेखिसकेको छु। ” गान्धीका त्रासदी ” भन्ने एक हिन्दीको गान्धी बारे लेखमा उल्लेख भए अनुसार- गान्धीका नाति राजमोहन गान्धीले एकपटक भनेका थिए –“ गान्धी को मृत्युमा एक किसिमको परफेक्सन थियो।” यो कथन जटिल छ र साहसी पनि ।

यसका दुई अर्थ देखिन्छन् – पहिलो, गान्धी शहीद भए र हुतात्मा भएर आफ्नो तपश्चर्याको पूर्णता पाए। दोस्रो, असहज पार्ने अर्थ यो हो कि उनी ठीक त्यही बेला गए । जब उनलाई जानै पर्थ्यो। किनभने पछी भारतमा काङ्ग्रेसका नेता वा कसैलाई पनि उनी आवश्यक रहेको देखिदैन । जीवनको अन्तिम चरणमा गान्धीको मानसिक अवस्था हेर्दा लाग्छ कि दोस्रो अर्थ नै बढी सान्दर्भिक छ ।

हामी गान्धीलाई अपराजेय सेनानीका रूपमा देख्न यति बानी परेका छौँ कि प्रायःबिर्सन्छौँ कि वास्तवमा गान्धी एक त्रासदी नायक हुन्। उनको नियतिनै विडम्बना पूर्ण थियो । जीवनका अन्तिम दिनहरूमा उनी उपेक्षित,अप्रासंगिक र परित्यक्त हुँदै गएका थिए। तर मलाई लाग्छ गान्धी भारतिय भूगोलको सिमाना भित्रका एउटा भारतिय मात्र होइनन् ।

उनी भारतिय स्वतन्त्रता आन्दोलनको एक प्रमुख राजनैतिक नेता एवं अध्यात्मिक ब्यक्ती पनि हुन । उनको तत्कालीन अहिंसारुपी सत्याग्रहको सिद्धान्त द्वारा नै भारत लाई बृटिश सामराज्य बाट स्वतन्त्रता दिलाएको थियो। अन्त्यमा, महात्मा गान्धी प्रती हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया