काठमाडौंका सडक सुनसान

नेपालखोज २०८२ असोज १६ गते १०:३६

काठमाडौं । विजयादशमीको बिहान आज काठमाडौं उपत्यकाका सडक सुनसान छन् ।

काठमाडौंबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागन भएको देखिन्छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ ।

टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ ।

दसैँको नवमीका दिनसम्म ६ लाख ११ हजार ५५७ जना काठमाडौं उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्यांक छ । रासस

प्रतिक्रिया