प्राधिकरणले सार्वजनिक गर्‍याे आन्तरिक हवाई भाडादर

नेपालखोज २०८२ असोज १७ गते १३:०१


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडादर सार्वजनिक गरेको छ । प्राधिकरणले बिहीबार भाडादर सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार, काठमाडौं–विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै, काठमाडौं–भरतपुरको चार हजार ६४३, काठमाडौं–भद्रपुर १२ हजार ११२, जनकपुरको पाँच हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ तय भएको छ ।

यस्तै, काठमाडौं–धनगढीको १७ हजार ५७९, सिमराको ३ हजार ९७८, भैरहवाको ८ हजार ४६१, राजविराजको ८ हजार २१०, सुर्खेतको ९ हजार ३० र तुम्लिङ्टारको ७ हजार ६३० रुपैयाँ तय भएको छ ।

तोकिएको भाडादरभन्दा बढी रकम लिएर टिकट बिक्री गरेको पाइएमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया