सोमबार, मंसिर २२, २०८२

अन्तरराष्ट्रिय प्रदर्शनीमा प्राचीन कलाशैलीको सूक्ष्म अध्ययन गरिँदै

नेपालखोज २०८२ असोज २० गते २०:५८

काठमाडौं । नेपाली र चिनियाँ कलाकारले सृजना गरेका करिब दुई सय चित्रहरूको प्रदर्शनीमा अवलोकनका लागि विभिन्न उमेर समूहका कला पारखीको सहभागिता पाइएको छ ।

नेपाल कला परिषद् र चीनको ग्रेटर बे एसिया फाइन अआर्टस् अलायन्सले आइतबारदेखि संयुक्त रुपमा कला परिषद्मा प्रदर्शनी गरिरहेको छ । तेस्रो एसियन आर्ट बाइनाले कला प्रदर्शनीमा नेपाली ६० र चीनका ५३ कलाकारले सृजना गरेका कला प्रस्तुत गरिएका छन्

अधिकांश प्राचीन कलाशैलीका चित्र राखिएको प्रदर्शनीमा मूर्त, अमूर्त, प्रकृति, सम्पदा, सामाजिक परिवेश तथा आधुनिक जीवनशैलीलाई विम्ब बनाइएको छ । प्रदर्शनी बुधबारसम्म सञ्चालन हुनेछ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ कलाकार केके कर्माचार्यले अन्तरराष्ट्रिय तहका कलाकारलाई स्वदेशमा ल्याएर आयोजना गरिएको प्रदर्शनीले एकापसमा सद्भाव र बलियोमैत्री सम्बन्ध कायम राख्ने विश्वास व्यक्त गर्नुभयो ।

विविधता र प्राकृतिक सौन्दर्यले भरिएको नेपालमा विभिन्न जातजातिका फरक कला, संस्कृति, भाषाले समृद्ध रहेको उल्लेख गर्दै उहाँले नेपाली पहिचानलाई विश्वव्यापी बनाउन आवश्यक रहेको बताउनुभयो।

प्रदर्शनीका संयोजक विकास धाख्खाले पूर्वजले सृजना गरेका कला कृतिले नेपालको गौरवशाली इतिहास बोकेको भन्दै यहाँको सभ्यता, कला, संस्कृति तथा प्रकृतिले आफ्ना मौलिकताबारे प्रचारप्रसार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया