बुधबार, पुष ९, २०८२

म्याड्रिडमा भवन भत्किँदा चार बेपत्ता, १० जना घाइते

नेपालखोज २०८२ असोज २१ गते १९:४४

म्याड्रिड । स्पेनको पर्यटकीय शहर म्याड्रिडमा निर्माणाधीन भवन भत्किँदा भग्नाबशेषमा चार जना परी वेपत्ता भएका छन् । वेपत्ताको खोजी गर्न स्पेनी आपतकालीन सेवाले टोलीहरू परिचालन गरेको अधिकारीहरूले बताएका छन्।

म्याड्रिड क्षेत्रका लागि केन्द्रीय सरकारका उच्च प्रतिनिधि फ्रान्सिस्को मार्टिन अगुइरेले घटनाको पुष्टि गर्दै उक्त दुखद् घटनामा कम्तीमा १४ जना हताहत भएको बताए ।

उनले भने, मङ्गलबार अहिले (समाचार तयार पार्दा) सम्म वेपत्ता हुनेको सङ्ख्या चार पुगेको र उनीहरू जीबित पाइने आशा क्षीण रहेको छ भने कम्तीमा १० जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ।

घाइतेमध्ये अधिकांशलाई सामान्य चोट लागेको बताइएको छ।

प्रतिक्रिया