रास्वपाको सचिवालय बैठक बस्दै
नेपालखोज
२०८२ असोज २२ गते १०:३२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक बस्ने भएकाे छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज दिउँसो ३ बजे बस्न लागेकाे हाे ।
विस्तारित बैठकको एजेन्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान, सद्भाव यात्राको कार्यसूची र विविधबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
रास्वपाको केन्द्रीय विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते बोलाएको छ ।
सम्बन्धित

प्रतिक्रिया