सुनकाे मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?

नेपालखोज २०८२ असोज २२ गते ११:०५

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे मूल्य ताेलामा २ हजार ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा कायम भएकाे छ । मंगलबार सुनकाे मूल्य २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । चाँदी मूल्य आज २ हजार ९५५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९६० रुपैयाँ रहेको थियाे ।

प्रतिक्रिया