अनुदान पाएपछि व्यावसायिक तरकारीखेती
नेपालखोज
२०८२ असोज २२ गते १२:३८

भोजपुर । वडाकार्यालयबाट अनुदान पाएपछि टेम्केमैयुङ गाउँपालिका-३ का किसान व्यावसायिक सागसब्जी खेतीमा जुटेका छन् ।
उक्त वडाका किसानले अहिले आफ्नो बारीमा बन्दा, टमाटर, खुर्सानी, काउलीलगायत मौसमी सागसब्जी व्यावसायिक रूपमा उत्पादन गरेका छन् । वडाबाट सहयोग भएकाले खेतीमा जुटेको स्थानीय किसान राजबहादुर राईले बताए ।
‘चार वर्षदेखि सागसब्जी लगाउँदै छु,’ उनले भने, ‘वडाबाट सहयोग पाएपछि खेतीमा लाग्न प्रोत्साहन मिलेको छ,’ वडाबाट अनुदान,तालिम र प्राविधिक सहयोग पाएको जानकारी दिँदैं उनले भने ।
किसानलाई अझ प्रोत्साहन गर्न उपकरणसमेत प्रदान गर्ने सोचमा आफू रहेको वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । किसानलाई आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था गरिएको उनको कथन छ ।
सम्बन्धित

प्रतिक्रिया