प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा सुदनले नेता पक्राउको माग गरेकाे महेश बस्नेतको दाबी

काठमाडाैं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई पक्राउ गर्नुपर्ने माग प्रधानमन्त्री र गृहमन्त्रीकै सल्लाहमा गरेको दाबी गरेका छन् ।
साइबर ब्युरोमा बयान दिएपछि बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका अगुवा भनिएका सुदन गुरुङलाई विभिन्न मान्छे र शक्तिले प्रयोग गरेको दाबी गरेका हुन् ।
‘सुधन गुरुङ जस्ता मान्छेलाई यहाँ एम्बुस बनाएर पडकाउन खोजिदै छ, सुदनजी जस्ता मान्छेहरू बालेनजी जस्ता मान्छेहरूको योजनामा केपी ओली, रमेश लेखक र महेश बस्नेतलाई गिरफ्तार गुर्नपर्छ भनेर मिडिया ट्रायल गर्छन्, सोसल मिडियामा ट्रेन्ड चलाउँछन्,’ बस्नेतले भने, ‘अनि डेलीगेसनमा जान्छन्, प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा ।’
जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौती समेत दिए । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका याे पार्टीका नेताहरू डीपी अर्याल, मनिष झा,ज्वाला सङ्ग्रौलाको बारेमा छानबिन हुनुपर्ने बस्नेतको भनाइ छ ।

प्रतिक्रिया