शिक्षामन्त्री महावीर पुनले दिए ३ निर्देशन

नेपालखोज २०८२ असोज २३ गते १०:१८

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बुधबार गरेका भेटघाट र आफूले दिएका निर्देशन सार्वजनिक गरेका छन् । बिहीबार बिहान उनले समाजिक सञ्जालमा लेख्दै बुधबार आफूले गरेका काम बुँदागत रूपमा जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘नास्टमा २ घण्टासम्म छलफल र ल्याबहरू अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्टाएको रहेछ । नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यही हप्ता भित्र दिन सबैलाई निर्देशन दिएको छु । भवन र ल्याबहरू उच्च कोटीका छन् । भवन र ल्याब अनुसारको उच्चकोटीको काम हुनु पर्ने कुरामा जोड दिएँ ।’

दोस्रो निर्देशनमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रसँग सम्बन्धित छ । शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी सङ्ख्या ज्यादै न्यून रहेको विद्यालयहरू मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशै भरि लागु हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामाग्रीहरू निर्माणमा जोड दिन कार्यक्रम बनाउने निर्देशन दिएको पुनको भनाइ छ ।

साथै पाठ्यक्रम विकास केन्द्रसँग पनि बुधबार नै छलफल भएको र सामुदायिक तथा संस्थागत विद्यालयहरूको पाठ्‌यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधान सम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथमिकता दिन निर्देशन दिएको पुनले उल्लेख गरेका छन् ।

यस्तो छ उनले सार्वजनिक गरेका कामस्

म मन्त्रीले हिजो गरेको भेटघाट र दिएको मुख्य-मुख्य निर्देशनहरूस्
१० नास्टमा २ घण्टासम्म छलफल र ल्याबहरू अवलोकन गरियो। ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्याएको रहेछ। नास्टलाई उच्चकोटिको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यही हप्ताभित्र दिन सबैलाई निर्देशन दिएको छु। भवन र ल्याबहरू उच्च कोटिका छन्। भवन र ल्याबअनुसारको उच्चकोटिको काम हुनुपर्ने कुरामा जोड दिएँ।

२० शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ३ घण्टासम्म छलफल भयो। शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरू मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरूको नियुक्ति गर्न देशैभरि लागु हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामग्रीहरू निर्माणमा जोड दिन कार्यक्रम बनाउने।

३० पाठयक्रम विकास केन्द्रमा २ घण्टा छलफल भयो। सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्‌यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नुपर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्यपुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधानसम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएको छु। आगामी वर्षदेखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोहीअनुसार पाठ्‌यक्रम विकास गर्न निर्देशन दिएको छु।

मुख्य(मुख्य कुराकानी र निर्देशन यिनै हुन्।

प्रतिक्रिया