प्रदर्शन गर्ने निकोलस भुसालसहित ३ जना माइतीघरबाट पक्राउ
नेपालखोज
२०८२ असोज २३ गते १२:१३

काठमाडाैं । प्रहरीले आफूलाई राजनीतिक अभियन्ता दाबी गर्ने डा. निकोलस भुसालसहित ३ जनालाई पक्राउ गरेको छ ।
विरोध प्रदर्शन गर्न रोक लगाएको काठमाडौंको माइतीघरमण्डाला कार्यक्रम गर्न खोजेपछि भुसालसहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जेनजी आन्दोलन दबाउनेमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्न लागेको भुसालले बताएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर क्षेत्रमा प्रदर्शनमा रोक लगाएको थियो ।
पक्राउ पर्ने क्रममा उनले गृहमन्त्रीमाथि आक्रोश पोखे । अहिलेका गृहमन्त्रीको पनि पालो आउने उनको आक्रोश थियो ।
सम्बन्धित

प्रतिक्रिया