सुशीला कार्की नेतृत्वको सरकारले सडकमा तमासा देखाइरहेको ओलीकाे आरोप
नेपालखोज
२०८२ असोज २३ गते १३:५०

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले सडकमा तमासा देखाइरहेको आरोप लगाएका छन् । आफूहरूलाई गिरफ्तार गर्न भन्दै राति ३ बजेसम्म मिटिङ राखिएको ओलीले बताए ।
एमाले भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकार मुलुकलाई मुठभेडमा लैजान उद्दत भएको आरोप लगाएका हुन् ।
‘भदौ २३ र २४ गते सुशीला कार्की जेनजी भनेर सडकमा उत्रिनुभयो । चुनाव गराउने राष्ट्रपतिले तोकिदिएको म्याण्डेट हो, उहाँहरूको उद्देश्य होइन,’ ओलीले भने, ‘जुलुसमा गएर भाषण गर्नुभएको थियो, केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ भन्नुभएको थियो । अहिले राति ३ बजेसम्म मिटिङ राखेर केपी ओली र रमेश लेखकलाई कसरी गिरफ्तार गर्न सकिन्छ भनेर छलफल भएका छन् ।’
सरकारले खास उद्देश्यले काम गरिराखेको उनले आरोप लगाए । ‘
सम्बन्धित

प्रतिक्रिया