जनताको विश्वास जित्नुस् : मुख्यमन्त्री कँडेल

नेपालखोज २०८२ असोज २५ गते १४:१०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएका सकारात्मक भावना र मागलाई सम्मान गर्दै सुधारका ठोस योजनासहित काम अघि बढाउन प्रदेशका सचिवहरूलाई निर्देशन दिएका छन् ।

प्रदेश सरकारका प्रमुख सचिव र सबै मन्त्रालयका सचिवसँग आव २०८२/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी भएका निर्णय र प्रतिबद्धताका प्रगतिसम्बन्धी छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले भने, ‘अब सुधारका कुरा कागजमै सीमित हुने होइन, व्यवहारमै देखिनुपर्छ, जनताले पारदर्शिता, जवाफदेहिता र सहज सेवाको अपेक्षा गरेका छन्, त्यसको प्रत्यक्ष अनुभव दिलाउनु नै हाम्रो जिम्मेवारी हो ।’

उनले कार्यालयका ढोका जनताका लागि सधैँ खुला राख्न, हरेक काममा पारदर्शिता र विश्वास कायम गर्न तथा विगतका कमजोरीबाट सकारात्मक पाठ लिएर नयाँ सोच र कार्यशैली अपनाउन आग्रह गरे । उनका अनुसार हिजोका गल्तीबाट सिकेर आज सुधारका उपाय लागू गर्नु नै वास्तविक प्रगति हो ।

प्रतिक्रिया