रुसी आक्रमणका कारण युक्रेनको ओडेसा क्षेत्रको विद्युत सेवा बन्द

काठमाडौं । युक्रेनको दक्षिणी ओडेसा क्षेत्रका केही भागहरूमा शनिबार बिहानै भएको रुसी आक्रमणले युक्रेनको ऊर्जा प्रणालीमा व्यापक क्षति भएको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूले पछिल्लो बिजुली कटौतीले कति मानिसहरूलाई असर गरेको छ भनेर बताएनन् तर युक्रेनी ऊर्जा फर्म डिटिइकेले यस क्षेत्रको राजधानीका केही भागहरूमा विद्युत सेवा अवद्ध भएको रिपोर्ट गरेको छ । डिटिइकेका अनुसार आक्रमणका कारण यस क्षेत्रका दुई लाख ४० हजार भन्दा बढी घरहरूमा विद्युत सेवा अवरूद्ध बनेको छ ।
‘हिजो रात, दुश्मनले ओडेसा क्षेत्रमा ऊर्जा र नागरिक पूर्वाधारमा आक्रमण गरेका कारण विद्युत सेवा अवरूद्ध भएको छ,’ क्षेत्रीय गभर्नर ओलेग किपरले टेलिग्राममा भने ।
‘विद्युत क्षेत्रका इन्जिनियरहरूले बिजुली आपूर्ति पूर्ण रूपमा पुनस्र्थापना गर्न हरसम्भव प्रयास गरिरहेका छन्,’ उनले थपे ।
मस्कोले २०२२ मा आक्रमण गरेदेखि प्रत्येक हिउँदमा युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गर्दै आएको छ । विद्युत ग्रिडहरूमा हसने आक्रमणले लाखौं घरहरूको बिजुली र ताप कटौती गर्दछ र किएभमा पानी आपूर्तिमा बाधा पुर्याउँछ ।
किएभले आक्रमणहरू मुख्य रूपमा नागरिकहरूविरुद्ध लक्षित भएको दावी गरेपनि रूसले युक्रेनले लगाएको आरोपको खण्डन गर्दै युक्रेनी सेनाले ऊर्जास्थलहरू प्रयोग गर्ने गरेको बताएको छ ।








प्रतिक्रिया