सर्‍यो कांग्रेसको केन्द्रीय समितिको बैठक

नेपालखोज २०८२ असोज २५ गते १९:०८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेकाे छ । असोज २६ का लागि बोलाइएको बैठक दुई दिन पर सारेर असोज २८ गतेका लागि बोलाइएको हो ।

केन्द्रीय सदस्य श्याम घिमिरेका अनुसार कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठकको मिति सारिएको हो ।

कार्यसम्पादन समितिका सदस्यहरूको बोल्ने क्रम सकिएको तर केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा बारे निर्णय लिन आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया