एमाले सचिवालय बैठक बस्दै
नेपालखोज
२०८२ असोज २६ गते ९:४७

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । शनिबार स्थगित भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबार बैठक स्थगित भएको थियो ।
केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरु भएको हो ।
बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया