सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

नेपालखोज २०८२ असोज २८ गते ११:२०

काठमाडाैं । एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ । यसैबिच सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया