सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्धकाे रिट पेस

नेपालखोज २०८२ असोज २८ गते ११:५८

काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध रिट पेस भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार अहिलेसम्म तीनवटा रिट परेका छन् । रिटहरूमाथि अध्ययन भइरहेकाले दर्ता भइनसकेको उनले बताए ।

सर्वोच्च अदालतले मंगलबारदेखि नै रिट दर्ता गर्ने निर्णय गरेको हो । पहिलो दिन नै अदालतमा रिट पेश भएको हो ।

प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ ।

सरकारलाई असंवैधानिक घोषणा गर्न र संसद् पुनर्स्थापना गर्न माग गर्दै सिन्धुलीका युवराज पौडेल ‘सफलले पनि रिट दायर गरेका छन् ।

प्रतिक्रिया