बिहीबार, मंसिर २५, २०८२

बिपिन जोशीका नाममा इजरायली कुटनीति समाप्त

सुनील उलक २०८२ असोज २८ गते १३:०४

काठमाडाैं । अन्ततः बिपिन जोशीका नाममा इजरायलले गरिरहेको कूटनीति समाप्त भयो । हमासद्वारा अपहरित २० जना हस्तान्तरण गर्नु अगाडि नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको सूचना पठायो । वास्तवमा बिपिन जोशीको मृत्यु भइसकेको जानकारी इजरायलको IDF लाई पहिले नै भएको हुनुपर्दछ । तर बिपिन जोशी जीवित रहेको आश्वासन दिँदै परिवारलाई इजरायल लगेर हमास माथि दबाब राख्ने प्रयास गरिरह्यो ।

केही हप्ता अगाडि मैले बिपिन जोशीको मृत्यु भइसकेको भन्दै हमासले प्रसार गरेको ४८ अपहरितहरूको तस्बिर राखेको थिएँ । तर मेरो पोस्ट केही घण्टामा नै हटाइदियो । साथै आतङ्कवादलाई प्रोत्साहन गरेको भन्दै मेरो फेसबुकमा केही बन्देज पनि राखिदियो । एक वर्षका लागि Monitization तथा Recommendation बन्द गराइदियो । जसले गर्दा मेरो पोस्ट सीमितले मात्र हेर्न पाउने भएको छ ।

साथै मैले प्रोफाइलमा रहेको नाम पनि परिवर्तन गर्न नपाउने बनाइदिएको छ । केही वर्ष अगाडि पनि मेरो फेसबुक पेज ह्याक भए पछि पनि एक इजरायलीले मलाई मेस्सेज गरेर निश्चित रकम दिएमा फेसबुक रिकोभर गरिदिने भन्दै लेखेको थियो । तर मैले सो स्वीकार गरिन । यो त भयो मेरो व्यक्तिगत कुरा विपिन जोशीको हत्या सन २०२३ को अन्त तिर नै भएको हुनुपर्दछ ।

एक हप्ता अगाडि सन २०२३ को नवम्वरमा रेकर्ड गरिएको बिपिन जोशीको भिडियो जीवितै रहेको हल्ला फैलाउन IDF ले परिवारका सदस्यबाट सार्वजनिक गर्न लगायो ।

हिजो हमासले २० जीवितहरू हस्तान्तरण गरिसकेपछि राती रेडक्रसमार्फत बिपिन जोशी सहित अन्य तीनको शव इजरायललाई हस्तान्तरण गरिसकेको छ । हिजै तेलअविवमा रहेको Abu Kabir forensic institute मा राखिएको छ । फोरेन्सिक जाँच पछि मृत्युको समय र कारण बारेको सत्यता प्राप्त हुने नै छ ।

यसरी नेपालको विश्व कूटनीति पुन असफल भएको प्रमाणित भएको छ । विदेशमा रहेको आफ्नो अपहरित नागरिकको सुरक्षा गर्न चुकेको छ । यस अगाडि पनि इराकमा १२ नेपालीको हत्या भएको थियो । हत्या पछि परिवारले पाउने राहत बापतको क्षतिपूर्तिको पहल समेत नेपाल सरकारले गरेको थिएन ।

अन्तमा बिपिन जोशी प्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया