गृहमन्त्री अर्यालले तोडाए अनशन

नेपालखोज २०८२ असोज २८ गते १५:१९

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनशन बस्दै आएका अछामका मदन बुढाको अनशन तोडाएका छन् ।

बुढा विभिन्न माग राखेर चार दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा अनशन बस्दै आएका थिए ।

गृहमन्त्री अर्यालले अनशनस्थलमा पुगेर अनशनरत बुढालाई पानी पिलाएर अनशन तोडेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिए । उनी विभिन्न तीनबुँदे माग ब्यानरमा राखेर अनशन बसेका थिए ।

अनशन तोडाउँदै गृहमन्त्री अर्यालले पीडितको निवेदन आइसकेकाले दोषीलाई कारबाहीको दायरामा ल्याइने बताए ।

प्रतिक्रिया