फेरि भेटियो अकबरे खुर्सानीमा विषादी
नेपालखोज
२०८२ असोज ३० गते ११:५४

काठमाडौँ । अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटिएको छ ।
कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याएको अकबरे खुर्सानीमा अत्यधिक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
मकवानपुरबाट ल्याइएको पसल नम्बर ६४७ मा बिक्रीका लागि राखिएको अकबरेमा ४९.०३२ प्रतिशत र पसल नम्बर ६६३ मा राखिएको अकबरेमा ५१.४४६ प्रतिशत अर्गानोफस्फेट नामक विषादी फेला परेको जनाएको छ ।
यसअघि पनि सोमबार मकवानपुरबाटै ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत उक्त विषादीको मात्रा भेटिएको थियो । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।

सम्बन्धित

प्रतिक्रिया