जेनजीको आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले क्षति पुग्याे : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजीको विरोध प्रदर्शन र आन्दोलनमा उछृङ्खल व्यक्तिहरूको कारणले क्षति पुगेको दावी गरेका छन् ।
शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा गृहमन्त्री अर्यालले २३ र २४ भदौमा भएको घटना प्रहरीका जवानहरू मृत्यु भएकोप्रति दुख व्यक्त गरेका हुन् ।
अर्यालले नेपाल प्रहरीलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार सतर्क रहेको बताए । उनले प्रहरीलाई साधन, श्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए ।
उनले सरकारले प्रहरीलाई श्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने बताए । नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्र पङ्क्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने सङ्गठन रहेको बताए ।

प्रतिक्रिया