गोदावरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
नेपालखोज
२०८२ असोज ३१ गते १४:०३

काठमाडाैं । ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका-६ लेलेस्थित सडकमा बा ६१ प २१४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने बेली नेगीका ६ वर्षीय छोरा कोष नेगीको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित

प्रतिक्रिया