देशको अवस्था सामान्य बनिसक्यो, सकारात्मक प्रचार गरिदिनू : प्रधानमन्त्री कार्की

नेपालखोज २०८२ असोज ३१ गते १५:५८

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गरेकी छन् ।

शुक्रबार सिंहदरबारमा विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई ब्रिफिङ गर्दै उनले अहिले देशको अवस्था सामान्य बन्दै गएको भन्दै नेपालको सकारात्मक अवस्था विश्व समुदायमा प्रसार गर्न आग्रह पनि गरिन् ।

कार्कीले सबै देश र विकास साझेदारप्रति सहयोग, मित्रता र समझदारीका लागि आभार व्यक्त गरिन् । उनले नेपालको समसामयिक अवस्थाका साथै आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा चुनावको विषयमा जानकारी गराइन् ।

प्रतिक्रिया